छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’ सुरु
कास्की | पुस ११, २०७९
कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा २१ औं सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा आगामी १४ गतेसम्म सञ्चालन हुने मेला आइतबारदेखि सुरु भएको हो ।
सो मेलाको उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (संघीय सांसद) दामोदर पौडेल बैरागीले भव्य सफलताको शुभकामना व्यक्त गरे ।
उनले ल्होछारको शुभकामना व्यक्त गर्दै सो मेलाले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने धारणा राखे । सांसद बैरागीले केन्द्रीय विद्युत प्रशारणको लाइन अन्नपूर्ण आधार शिविरसम्म पुर्याउने प्रतिबद्धता जनाए । ‘म तपाइहरुको योगदान प्रति आभारी छु, उनले भने, ‘मैले मेरो कार्यकालमा विद्युतको केन्द्रीय प्रशारण लाइन र ‘फोर जि’ लाई एबिसीसम्म पुर्याउन पहल गर्ने प्रतिबद्धता गर्दछु ।’
यस्तै गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले पहारीले हरेक वर्ष आयोजना हुने मेलाको गरिमा फरक रहेको बताउदै निरन्तरता दिन आग्रह गरे । छोम्रोङबासीले यसपटकपनि अमुल्य मत दिएको भन्दै धन्यवाद प्रकट गरे । ‘यहाँहरुले मलाई यसपटकपनि अमुल्य मत दिनुभयो, यद्यपी रिजल्ट मेरो पक्षमा आएन । तैपनि म तपाइहरुको अमुल्य मतप्रति एकदमै आभारी छु । आगामी दिनमा तपाइहरुसँगै रहने पनि बाँचा गर्दछु ।’ उनले भने ।
यस्तै अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले ल्होछार मेलाले पर्यटन प्रवद्र्धन मात्र नभई सँस्कृतिको संरक्षण गर्ने बताए । ‘यो मेलाले पर्यटनको मात्रै प्रवद्र्धन गर्दैन । यसले हामी तमुहरुको कला तथा सँस्कृतिको पनि जगेर्ना गर्छ ।’ वडाध्यक्ष गुरुङले भने ।
कार्यक्रममा पोखरा सम्पन्न फिस्टेल म्याराथनमा द्वित्तिय स्थान हाँसिल गरेका अन्नपूर्ण गाउँपालिका ११ का सचिन गुरुङलाई गाउँपालिका र क्लबको तर्फबाट सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष मिकास गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेला संयोजक राजकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

मंगलबारदेखि खेलकुद प्रतियोगिता
छोम्रोङका जारी मेलामा अन्य कार्यक्रम भइरहेपनि खेलकुद प्रतियोगिता भने मंगलबारदेखि सुरु हुने मेला संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जारी मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, भोलि (मंगलबार) देखि सञ्चालन हुनेछ । ‘आजसम्म टिम दर्ता भइरहेको छ । सबै प्रतियोगिताहरु भोलिदेखि सुरु हुदैछ । अहिले साँस्कृतिक कार्यक्रमहरु भइरहेको छ ।’ संयोजक गुरुङले भने ।
उनका अनुसार पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।
गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

